चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा गुरु खनालद्धारा राजिनामा
काठमाडौँ, २९ माघ । चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा डा गुरुप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनले घराएसी कारण भन्दै २० माघ देखि लागू हुने गरी गत १८ माघ नै राजिनामा दिएका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कार्यकारी उपकुलपतिसमेत रहेका प्राडा खनाल राजीनामापछि पुनः बीपीमा नै फर्किएका छन् ।
नेपाल सरकारले प्रतिस्पर्धाका आधारमा १० असारमा प्राडा खनालसहित, प्राडा सुजनबाबु मरहठ्ठा, प्राडा सुदीप आचार्य र प्राडा सरला श्रेष्ठलाई आयोगका निर्देशकहरुमा नियुक्त गरेको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]