अर्जेन्टिनाले पनि गर्यो विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा
काठमाडौँ, २३ माघ । अर्जेन्टिनाले पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने घोषणा गरेको छ । गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ लगत्तै गरेका केही कार्यकारी निर्णयमा डब्लुएचओबाट बाहिरिने सम्वन्धी पनि थियो ।
अर्जेन्टिनी राष्ट्रपति जेभियर माइलीका प्रवक्ता म्यानुएल एडोर्नीले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा अर्जेन्टिना डब्लुएचओबाट बाहिरिने प्रक्रियामा अघि बढी सकेको बताए । उनले राष्ट्रपतिले विदेश मन्त्री गेरार्डो जेर्थेनलाई विश्व स्वास्थ्य संगठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारे ।
‘हामी अर्जेन्टिनीहरुले हाम्रो स्वास्थ्यमा त परको कुरा हाम्रो सार्वभौमितामा हस्तक्षेप गर्न कुनै अन्तराष्ट्रिय संस्थालाई अनुमति दिने छैनौं,’ राष्ट्रपतिका प्रवक्ता एर्डोनीले पत्रकार सम्मेलनमा भने ।
रोएटर्सका अनुसार अर्जेन्टिनी राष्ट्रपति माइलीको अमेरिकी राष्ट्रपति ट्रम्पसंग नजिकको सम्वन्ध छ । ट्रम्पले डब्लुएचओबाट बाहिरिने निर्णय गरेपछि उनी पनि सोही बाटोमा अघि बढेको विश्लेषकहरु बताउँछन् । तर, ट्रम्पको डब्लुएचओबाट बाहिरिने निर्णयको भने चौतर्फी आलोचना भइरहेको छ ।
सम्पर्क इमेल : [email protected]