नेपाल लिटरेचर फेस्टिवलको टाइटल स्पोन्सरबाट चुरोट कम्पनी हट्यो, जोडियो एनसेल फाउण्डेशन
काठमाडौँ, १९ माघ । अघिल्लो वर्षमा चुरोट उत्पादक कम्पनीको मुख्य प्रायोजक राख्दा विवादित बनेको नेपाल लिटरेचर फेस्टिवल अब भने सो गल्ती नदोहोर्याउने पक्षमा देखिएको छ ।
उसले यसपटक देखि एनसेल फाउण्डेशनलाई टाइटल पार्टनरको रुपमा अघि सारेको छ । आफ्नो फेसबुक पेजमा यसपटक एनसेल फाउण्डेशनलाई टाइटल पाटर्नरको रुपमा राखेको उल्लेख गरेको छ ।
यसअघि नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपालले टाइटल पार्टनरशीप गर्दै आएको थियो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन २०६८ ले यसरी सुर्ती उद्योग प्रर्वद्धर्क बन्न नपाउने र स्पोन्सर समेत गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १० मा जनस्वास्थ्यका लागि हानिकारक पदार्थ उत्पादक कम्पनीको विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर स्पष्ट उल्लेख गरिएको छ।
तर त्यसको अवज्ञा गर्दै कार्यक्रम अघि बढ्दा सर्बत्र आलोचना भएको थियो । नेपाल लिटरेचर फेस्टिवलको ख्यातीमा समेत ठूलो क्षति पुगेको थियो ।
सुर्तीजन्य पदार्थ विरुद्धकोको अभियानमा सक्रिय संस्था एक्सन नेपालले नेपाल लिटरेचर फेस्टिवल आयोजकले यसपटक पुरानो गल्ती नहोर्याउँने संकेत देखाएको भन्दै खुशी व्यक्त गरेको छ । सो संस्थाका अध्यक्ष आनन्दबहादुर चन्द भन्छन्, ‘फेस्टिवल आयोजकले यसपटक जसरी टाइटल स्पोन्सर परिवर्तन गरेका छन, यसले राम्रो सन्देश दिने छ । कार्यक्रमको गरिमा पनि बढाउने छ, त्यहाँका अतिथि र सहभागीहरुलाई पनि ढुक्कको बातावरण बन्नेछ ।’
अध्यक्ष चन्दले विगतका फेस्टिवल आयोजकले कानूनको धज्जी नै उडाए पनि अहिले त्यसमा सचेत रहेको हुन सक्ने बताए । ‘विगतमा पनि हामीले चुप लागेनौँ, विरोध गरि राख्यौँ, यसपटक आयोजकले सायद महसुस गरे । चुरोट कम्पनी स्पोन्सर छैन भन्दा खुशी लागेको छ । अब अन्य यस्ता फेस्टिवलमा पनि गरिदै आएको सुर्ती उद्योगको स्पोन्सरसीप रोकिनु पर्छ,’ उनले भने ।
बैंकर अनिल केशरी शाहले नेपाल लिटरेचर फेस्टिवलको पेजमै एनसेल फाउण्डेशन पाटर्नरशीप हुनुलाई परफेक्ट पार्टनरशीप भनेर कमेन्ट गरेका छन् ।
सम्पर्क इमेल : [email protected]