स्वास्थ्य प्राविधिक संघ (पान) को राष्ट्रिय परिषद् भेला सम्पन्न
काठमाडौँ, १७ माघ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा रहेको विद्यमान चुनौतीको सामना गर्न स्वास्थ्य प्राविधिकहरुको महत्त्वपूर्ण भूमिका रहेको बताएक छन् ।
बुधबार नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) को राष्ट्रिय परिषद् भेलाको उदघाटन गर्ने क्रममा मन्त्री थापाले सो कुरा बताएका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री थापाले नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त मौलिक हकको सुनिश्चितता गर्नु राज्यको दायित्व रहेको रहेको र स्वास्थ्य सेवामा प्रदेश ऐन र स्थानीय ऐनले स्वास्थ्यकर्मी माथी भएको विभेद हटाउन सरोकारवालाहरुको सहयोगको अपेक्षा समेत गरेका थिए ।
पानका केन्द्रीय अध्यक्ष बसन्त कुमार श्रेष्ठले दिनरात बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको समस्या गुनासालाई राज्यले उचित निकास दिनुपर्ने बताए । उनले स्वास्थ्य प्राविधिकहरुका समस्याबारेमा समेत बताएका थिए ।
कार्यक्रममा गत मार्ग २८गते सम्पन्न निर्वाचन बाट निर्वाचित भएका नेपाल नर्सिङ संघका अध्यक्ष लगायत पदाधिकारी हरुलाई बधाई तथा शुभकामना कार्यक्रम समेत राखिएको थियोे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमणा सिंह , राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक शर्मा गैतम, नेपाल नर्सिङ संघका अध्यक्ष प्रा चन्द्रकला शर्मा , नेपाल फार्मास्युटिकल्स एशोसियशनका अध्यक्ष ललितमोहन पन्त , नेपाल रेडियोलजिकल सोसाईटीका अध्यक्ष मुकेश कुमार झा, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष रेवन्त गौतम, पानका सल्लाहकार भवानी दाहाल , बिधानचन्द्र श्रेष्ठ , जनस्वास्थ्य संघका अध्यक्ष कृष्णमान श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
संघका महासचिव श्याम ओलीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य संघका बरिष्ठ उपाध्यक्ष शोभा गौतमले गरेकी थिईन ।
एक दिने भेला हिजो नै सम्पन्न भएको थियो ।
सम्पर्क इमेल : [email protected]