कोलकत्ताको महिला ट्रेनी डाक्टरको बलात्कार पछि हत्या : मुख्य आरोपी सञ्जय राय दोषी ठहर
नयाँ दिल्ली । कोलकत्ताको सियालदह जिल्ला अदालतले आरजीकर मेडिकल कलेजमा ३१ वर्षीया ट्रेनी डाक्टरको बलात्कारपछि हत्या गरेको अभियोगका मुख्य आरोपी सञ्जय रायलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश अनिर्बान दासको एकल इजलासले भारतीय न्याय संहिताको धारा ६४ (बलात्कार सम्वन्धी सजाय) धारा ६६ (मृत्युको कारक सजाय) र १०३ (हत्या) अनुसार दोषी ठहर गरेको हो । जिल्ला अदालतले मुद्धा सुरु भएको ५७ औँ दिनमा फैसला सुनाएको हो ।
न्यायाधीशले रायलाई दोषी ठहर गर्ने क्रममा भने, ‘तिमीले सजाय पाउनै पदर्छ ।’
अदालतले २० जनवरीको सजाय सम्वन्धी फैसला गर्नेछ । त्यसबेलासम्म रायलाई न्यायिक हिरासतमा पठाइएको छ ।
गत ९ अगष्टमा महिला ट्रेनी डाक्टरको शव आरजीकर अस्पतालको सेमिनारहलमा अर्धनग्न अवस्थामा भेटिएको थियो । त्यसपछि सो घटनाले देशव्यापी विरोधको प्रर्दशन भएको थियो ।
कोलकत्ता पुलिसले सीसीटीभी फुटेज तथा घटनास्थलको बिवरणको आधारमा सञ्जय रायलाई गिरफ्तार गरेको थियो । कोलकत्ता उच्च अदालतको आदेश अनुसार सीबीआईले यो केशलाई आफूले लिएर अनुसन्धान अघि बढाएको थियो ।
सीबीआईले आफ्नो आरोपमा रायलाई मुख्य आरोपी ठहर गर्दै मृत्युदण्डको सजाय माग गरेको थियो ।
‘पीजीको इन्टर्नशीपमा रहेकी महिला डाक्टरको बलात्कार पछि हत्या’
सम्पर्क इमेल : [email protected]