भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने ?
सामान्यतयाः कुनैपनि बच्चा गर्भमा रहेदेखि ३७ हप्तामा जन्मेको बच्चालाईलाई राम्रो मानिन्छ । समय पुगेर जन्मेको बच्चालाई ‘टर्म’ अर्थात् समय पुगेर जन्मेको बच्चा भनिन्छ ।
यस्तै कुनै बच्चाहरु समय नपुगिकन पनि जन्मिरहेका हुन्छन् । यस्तो बच्चालाई प्रिटम अर्थात् समय पुग्नुभन्दा पहिल्यै जन्मेको बच्चा भनिन्छ ।
नियो नेट (नवजात) भन्नाले बच्चा जन्मेदेखि ३० दिनसम्मको बच्चालाई भनिँदै आएको छ।
बच्चा जन्मने सामान्यतया समय भनेको बच्चा गर्भमा रहेको ३७ हप्ता भएपनि सोभन्दा ढिलो वा चाँडो जुनसुकै बेलापनि जन्मन सक्ने हुन्छ । नवजात शिशु (भर्खरै जन्मेको बच्चा)लाई विभिन्न रोगहरु देखिने गरेको पाईन्छ ।
भर्खरै जन्मेका नियो नेट बच्चाको मुटु, फोक्सो, आन्द्रा, किड्नी, कलेजोलगायतमा समस्या देखिने गरेको पाईन्छ । सो बाहेक बच्चाहरुमा इन्फेक्सन समेत बढी मात्रामा हुने गरेको छ ।
अस्पतालमा जन्मेका बच्चालाई नियो नेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयु) मार्फत उपचार गरिँदै आएपनि कहिलेकाँही बाहिर जन्मेका बच्चाहरु ईन्फेक्सनका कारणपनि अस्पतालमा आउने गरेका छन् ।
नवजात बच्चाहरुमा निमोनिया, पिसाब, मेनेन्जाइटिस (दिमागको इन्फेक्सन) लगायतको समस्यापनि उत्तिकै मात्रामा देखिने गरेको छ । यस्तै, जन्मिनेवित्तिकै जन्डिसका विरामीपनि धेरै मात्रामा अस्पताल आउने गरेको पाईन्छ ।
भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ । उक्त उपकरणलाई (इन्कोभेटर) समेत भन्ने गरिन्छ । महिना र तौल कम भएको बच्चालाई उक्त उपकरणमा राखेर उपचार गरिन्छ ।
यसका अलावा रेडियन्ट वार्मर (बच्चालाई न्यानो बनाएर राख्ने मेसिन) मा समेत राखेर उपचार गरिँदै आएका छौँ । जन्डिस भएका बच्चालाई फोटो थेरापी मेसिनमा राखेर उपचार गर्दै आएका छौँ । त्योबाहेक भेन्टिलेटर, सि प्याप, हाइफ्लो नेजल क्यानोलाबाट उपचार गरिन्छ । श्वासप्रश्वासमा गारो भएका बच्चालाई समेत उपचार गछौँ ।
ग्राण्डी अस्पतालको कुरा गर्दा इन्फेक्सन, जन्डिस लगायतका बच्चाको डिस्चार्ज गरेर जाने रेट ९० प्रतिशत भन्दा बढी रहेको छ । यसबाहेक अस्पतालले गर्भसंस्कार कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
गर्भसंस्कार कक्षामा अस्पतालका डाक्टर तथा नर्सले गर्भवती महिलालाई स्तनपानको बारेमा सिकाउने, बच्चा जन्मेदेखि आधा घण्टादेखि कुन समयमा कसरी दुध खुवाउने बारेमा सिकाउने गर्नुहुन्छ । अप्रेसन गरेर बच्चा जन्माउनुभन्दा नर्मल डेलिभरी गरेका बच्चाका आमाहरु चाँडो निको हुने र स्वस्थ्य हुने भएकाले नर्मल डेलिभरीका लागि अस्पतालले जोड दिँदै आएको छ ।
बच्चा जन्माएर घर जाने बच्चाका आमा तथा उनका परिवारलाई स्तनपानको बारेमा जानकारी गराएर पठाउने गरेका छौँ ।
रुघाखोकी, निमोनिया र झाडापखाला भएका बालबालिकाहरु बढी मात्रामा अस्पतालमा आउने गरेका छन् ।
कुनैपनि बच्चा विरामी भएपछि सुरुमा मेडिकल लैजाने गरिन्छ । मेडिकलले तत्काल बच्चालाई ठिक पार्नका लागि जथाभावी रुपमा एन्टोबायोटिक औषधी दिने गर्दछ ।
यसरी सुरुमै एन्टोबायोटिक औषधी प्रयोग गर्दा बालबालिकालाई समस्या हुने गरेको छ । धेरैजसो बालबालिकामा हुने रोग भाइरल भएकाले केही समयमा आँफै निको हुने हुन्छ ।
मेडिकलले जथाभावी रुपमा एन्टोबायोटिक चलाएर ठिक नभएपछि अस्पतालमा आउँदा एन्टोबायोटिक पुनः चलाउने कि बन्द गर्ने भन्ने दोधारमा डाक्टरहरु परेका हुन्छन् । त्यसैले बालबालिकामा एन्टोबायोटिक चलाउँदा ख्याल गर्नुपर्ने हुन्छ ।
(#डा. रमिता श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीकी बालरोग विशेषज्ञ हुन् ।)
सम्पर्क इमेल : [email protected]