अब स्थानीय तहमा कार्यरत चौथो देखि छैटौं तहका स्वास्थ्यकर्मीको एक एक तह बृद्धि हुने

काठमाडौँ, ३ माघ । लुम्बिनी प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका चौथो पाँचौं र छैटौं तहका कर्मचारीहरुको अब स्वत: एक एक तह बृद्धि हुने भएको छ । लुम्बिनी प्रदेश सभाले बनाएको स्थानीय निजामती सेवा ऐन २०८१ ले एक एक तह बृद्धि गरेको हो ।

गत १७ पुसमा प्रदेश सभाबाट पारित भएको स्थानीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक गत सोमबार (२९ पुसमा) प्रमाणीकरण भएको थियो ।

प्रमाणीकरण भएपछि स्थानीय ऐनको रुपमा आएको सो विधेयकको दफा ९ मा स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भई हाल स्थानीय तहको चौथो, पाँचौँ र छैटौँ तहमा कार्यरत स्थानीय स्वास्थ्य सेवाका कर्मचारीलाई एक पटकका लागि क्रमश पाँचौँ, छैटौँ र सातौँ तहमा बृद्धि गरिनेछ भनिएको छ ।

साथै ‘यसरी तह बृद्धि हुने कर्मचारीको पदीय भूमिका, पद रिक्त हुने अवस्था र जेष्ठताको आधारमा स्वास्थ्य सेवा ऐन २०५३ बमोजिमको आधार पद हुने,’ भनिएको छ ।

यसैगरी ‘तर संघीय स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम सातौँ तहमा स्तरबृद्धि वा तह बृद्धि वा बुवा नहुने कर्मचारीको हकमा सातौँ तहमा बृद्धि भए तापनि छैटौँ तहको पदनाम हुनेछ । र सातौँ तहमा स्तरबृद्धि वा तह बृद्धि वा बुवा हुने कर्मचारीको हकमा सातौँ तहको पदनाम हुनेछ,’ भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *