भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

काठमाडौं, ११ पुस । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका डा. सिंह ९२ वर्षको उमेरमा बिहीबार राती ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा निधन भएको हो।

कांग्रेसका दिग्गज नेताको रुपमा परिचित उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।

अस्पतालले बिहीबार राती जारी गरेको मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’

सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।

यसैबीच पूर्वप्रधानमन्त्री सिंहको निधनपछि भारतमा ७ दिन राजकीय शोक घोषणा गरिएको छ । उनको राजकीय सम्मान साथ अन्तेष्ठी गरिने समेत बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *