नर्सिङ केयरका लागि ठूलो संख्यामा विदेशी कामदार भित्र्याउने योजनामा जापान
दक्षिण पूर्वी एशियाली देशका कामदार प्राथमिकतामा
टोकियो । जापानको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयले आगामी आर्थिक वर्षदेखि दक्षिण पूर्वी एशियाली देशबाट नर्सिङ केयर जनशक्ति भित्र्याउने योजनालाई प्राथमिकता दिने भएको छ । मन्त्रालयले त्यसका लागि लगानी बढाउने बताएको छ ।
मन्त्रालयका अनुसार अब तत्काल इन्डोनेसियामा विशेष नर्सिङ केयर शिक्षा कार्यक्रम सञ्चालन गर्ने, म्यानमार र भियतनाममा जापानी भाषा सिकाउने संस्था सञ्चालन गर्ने पनि योजना अघि सारेको छ ।
जापानमा जेष्ठ नागरिकको संख्या तिब्र गतिमा बढी रहेको छ । विदेशबाट ल्याउने नर्सिङ केयर सम्वन्धी जनशक्तिहरु अधिकांश तिनै जेष्ठ नागरिकको देखभालमा परिचालन गरिने मन्त्रालयले योजना अघि सारेको छ ।
हुन पनि आउँदो वर्ष जापानमा लगभग ५ मध्ये एक जना व्यक्ति ७५ वर्ष माथिको हुनेछ । अहिले त्यहाँ २१ लाख ५० हजार नर्सिङ केयरका लागि खटिने जनशक्ति छ । तर आथिृक वर्ष २०२६ मा लगभग २ लाख ५० हजार र आर्थिक वर्ष २०४० मा ५ लाख ७० हजार नर्सिङ केयर गर्ने जनशक्ति कमी हुने मन्त्रालयको अनुमान छ ।
जापानी अध्यागमन विभागका अनुसार सन् २०२३ को अन्त्यसम्म २८ हजार ४०० जना विदेशी नर्सिङ कामदारहरु नर्सिङ केयर कामका लागि जापान प्रवेश गरिसकेका छन् । तर यो संख्या सरकारको योजना भन्दा ५० प्रतिशतले कमी हो ।
नर्सिंङ केयरको जनशक्ति अभाव हुनुको कारण विकसित देशहरुमा बृद्धबृद्धाको संख्या बढ्दै जानु प्रमुख मानिएको छ ।
मन्त्रालयले नर्सिङ केयरका जनशक्ति भित्र्याउने, नर्सिङ होम, नर्सिङ जनशक्ति उत्पादन गर्ने कम्पनीहरुलाई विशेष सुविधा तथा सहुलियत दिने गर्दै आएको छ ।
यहि कार्यक्रम अन्तर्गत भियतनाम तथा म्यानमारम जस्ता दक्षिणपूर्वी एशियाली देशमा जापानी भाषाको स्कुल सञ्चालन गर्ने र त्यसका लागि ठूलो लगानी गर्ने समेत तयारी भएको छ । त्यहाँ उत्पादित जनशक्तिलाई जापानमा रोजगारीको अवसर त्यहाँबाट उपलव्ध हुने सुविधाको बारेमा समेत जानकारी दिईने छ ।
यो पनि हेर्नुहोस्……………………………..
⇒ केयर गिभरको रुपमा जापान लैजान नेपाली नर्सिङ जनशक्ति खोज्दै जापानीहरु
सम्पर्क इमेल : [email protected]