केडीसी जनरल हस्पिटलमा निशुल्क पाठेघर परीक्षण शिविर सञ्चालन

काठमाडौँ, ६ पुस । बसुन्धरास्थित केडीसी जनरल हस्पिटलमा शनिबार महिलाहरुको लागि निशुल्क पाठेघर परीक्षण शिविर सञ्चालन गरिएको छ । बीएम फाउण्डेशनको आयोजना, रोटरीक्लव अफ काठमाडौँ नर्थको सहयोग रहेको शिविरमा केडीसीबाट प्राविधिक सहयोग थियो ।

शहरी क्षेत्रका महिलाहरु समेत विविध कारणबाट नियमित गर्नुपर्ने स्वास्थ्य जाँचबाट टाढै रहेको विभिन्न अध्ययन्हरुले देखाएको छ ।

ग्रामीण क्षेत्रमा धेरै पटक निशुल्क शिविर सञ्चालन गरेको बीएम फाउण्डेशनले सोही अध्ययनलाई आधार मानेर यसपटक शहरी क्षेत्रका महिलाहरुको स्वास्थ्य जाँच गर्ने निधो गरेको हो ।

हस्पिटल परिसरमै आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ५० जना महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो । त्यसमा १५ जनाको प्यापस्मेयर गरियो भने ५ जनाको भिडियो एक्सरे गरिएको थियो । ३ जनाको प्रयोगशाला परीक्षण समेत गरिएको थियो ।

सो शिविरमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. मीना प्रधान, डा. पुजा यादव, बीएस्सी नर्स छिरिङ लोम्दान, स्टाफ नर्स इन्दिरा र शिविर संयोजकको रुपमा निशा तामाङ खटिएका थिए ।

फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले शहरी क्षेत्रका आम महिलाहरु स्वास्थ्यका धेरै सेवाबाट विमुख रहेको आफूले थाहा पाएपछि निशुल्क शिविरको आयोजना गर्न उध्येलित भएको बताए ।

‘भन्नलाई शहरमा बसेको भनिएको छ, तर स्वास्थ्य बीमाको पहुँच रहेनछ, पहुँचै भए पनि नियमित जाँच गर्नुपर्छ भन्ने शहरका न्युन तथा मध्यम वर्गका महिलाहरुमा सचेतना पुगेको रहेनछ । त्यसैले हामीले उहाँहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेका हौँ । यसअघि पनि यस्तै शिविर गरिएको थियो । त्यसमा पनि धेरै महिलाहरुले स्वास्थ्य जाँच गराउनु भयो । आज पनि ५० बढीको जाँच भएको छ । यो पनि ठूलो कुरा हो,’ डा. श्रेष्ठले भने ।

कार्यक्रममा रोटरी क्लव काठमाडौँ नर्थका प्रेसिडेन्ट प्रितम पौडेल तथा सर्भिस प्रोजेक्ट चियर पास्ट प्रेसिडेन्ट गौतमप्रसाद खनालले महिलाहरुको स्वास्थ्य जाँच गर्ने कार्यमा सहकार्य गर्न पाउँदा खुशी लागेको भन्दै भविस्यमा पनि सहकार्य जारी राख्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *