भृकुटीमण्डपमा आजबाट नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौँ, ५ पुस । भृकुटीमण्डपस्थित आजबाट नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीको आयोजना हुँदैछ । औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित यो प्रदर्शनीको आगामी ७ पुससम्म चल्नेछ ।
प्रदर्शनीको संयोजन मिडिया स्पेस सोलुसन्स (एमएसएस), फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) लगायतका कम्पनीले गरेका छन् ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने बताइएको छ । आयोजकका अनुसार यस प्रदर्शनीका तीन विशेषताहरू छन् ।
त्यसमा प्रदर्शनी, सम्मेलन र साझेदारी रहेका छन्। यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकले दावी गरेको छ ।
साथै यस अन्तराष्ट्रिय प्रदर्शनीमा विभिन्न स्वास्थ संग सम्बन्धित उद्योग, संग संस्था लगायत अन्य सरोकारवालाहरुलाई समेटी गोष्टी तथा सेमिनार कार्यक्रम पनि आयोजना हुने बताइएको छ ।
प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल फर्मास्यूटिकल एस्सोसिएसन्, नेपाल औषधि व्यवसायी संघ (काठमाडौँ जिल्ला शाखा) तथा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाई रहेको समेत जारी विज्ञप्तीमा उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]