टोखा नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालय लक्षित स्वास्थ्य तालीम सम्पन्न

काठमाडौँ, ४पुस । टोखा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयलाई लक्षित गरी आयोजना गरिएको प्राथमिक उपचार, मनोसामाजिक समर्थन, र डिजिटल स्वास्थ्य सम्वन्धि दुई दिने स्वास्थ्य तालीम सम्पन्न भएको छ ।

गत २९ र ३० मंसिरका दिन टोखा नगरपालिकाको सभाहलमा चलेको सो तालीम हाम्रो हेल्थ  र टोखा नगरपालिकाको संयुक्त आयोजनामा भएको थियो ।

चार मुख्य क्षेत्रहरूमा केन्द्रित सो तालीम प्राथमिक उपचार तालिम, मनोवैज्ञानिक समर्थन, विद्यालय स्वास्थ्य नर्सिङ र डिजिटल स्वास्थ्य अभिलेखन तथा प्रतिवेदन तयार गर्ने थियो ।

उक्त कार्यक्रममा रेडक्रस सर्कल नेपाल सोसाईटीबाट नवराज भण्डारीको संयोजकत्त्वमा प्राथमिक उपचार सम्बन्धी तालीम दिईएको थियो । बाँकी बिषयमा हाम्रो हेल्थका प्रमुख कार्यकारी अधिकृत डा. प्रशान्त भट्टराई साथै नीलीमा श्रेष्ठ , आकृति पौडेल ,श्रद्धा भट्टराईले सहजीकरण गरेका थिए ।

सो कार्यक्रम विद्यालय स्वास्थ्य प्रणालीलाई प्रभावकारी र दिगो बनाउन विद्यालय स्वास्थ्य नर्सहरू, स्वास्थ्य शिक्षकहरू र अन्य प्रमुख सरोकारवालाहरूलाई सक्षम बनाउन उद्देश्यका साथ डिजाइन गरिएको आयोजकले बताएको छ ।
तालीममा सामुदायिक र संस्थागत विद्यालयका गरी ४० जनाको सहभागिता रहेको थियो ।

हाम्रो हेल्थ विगत तीन वर्ष देखि विद्यालयको स्वास्थ्य प्रणाली सुधार गर्न पछिल्लो तीन वर्ष देखि क्रियाशील छ । यसले नियमित स्वास्थ्य जाँच, मानसिक स्वास्थ्य समर्थन, पोषण मूल्यांकन, दृष्टि र दन्त परीक्षण, तथा डिजिटल स्वास्थ्य अभिलेखनजस्ता सेवा उपलव्ध गराउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *