प्रतिनिधि सभा : स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति गठन

काठमाडौँ, ३ पुस ।  प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति गठन गरेको छ । बुधबार सो समितिले एकैपटक चार वटा उपसमिति गठन गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति गठन गरेको हो ।

समिति सभापति अम्मरबहादुर थापाकाअनुसार स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमितिमा डा. तोषिमा कार्की, दीपा शर्मा, छविलाल विश्वकर्मा, डा. चन्द्रकान्त भण्डारी, महेन्द्रकुमार राय, रेखा शर्मा, रामप्रकाश चौधरी छन् ।

यस्तै समितिले बुधबार नै युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति पनि गठन गरेको छ ।
युवा तथा खेलकुद अध्ययन उपसमितिमा चन्द्रकान्त भण्डारी, प्रभु हजरा, दीपा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्र राय यादव, डा। तोषिमा कार्की, विनिताकुमारी सिंह छन्।

शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमितिमा देवेन्द्र पौडेल, कालुराम राई, सरिता भुषाल, संगीता मण्डल धानुक, लिलादेवी बोखिम लिम्बू, सुमना श्रेष्ठ, रामप्रकाश चौधरी छन्।

सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमितिमा छविलाल विश्वकर्मा, ईश्वरी घर्ती, धनराज गुरुङ, लिलादेवी बोखिम लिम्बू, रेखा शर्मा, सुमना श्रेष्ठ, विना जैसवाल छन्।

उपसमितिले आफ्नो क्षेत्रअधिकारभित्र पर्ने निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालन तथा व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण, सरकारी आश्वासन, प्रत्यायोजित विधायन तथा ती निकायमा अन्य काम, कारबाही एवं क्रियाकलापको अध्ययन गर्नेछन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *