नर्सिङ संघको निर्वाचनको मतगणना : १५ मतदान केन्द्रको गणना सकिदा चन्द्रकला शर्मा ५०६ मतले अघि
काठमाडौँ, २९ मंसिर । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिको हिजो सम्पन्न निर्वाचनको १५ वटा मतदान केन्द्रको मतगणना सकिएको । नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार अध्यक्ष पदमा प्रा चन्द्रकला शर्मा प्रतिस्पर्धी गंगा थापा भन्दा ५०६ मतले अघि छिन् ।
बरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा प्रतिस्पर्धी कल्पना जोशी श्रेष्ठ भन्दा ४०६ मतले अघि छन् । उपाध्यक्षमा बबिता घिमिरे मनिषा कोइराला भन्दा ३१० मतले अघि छिन् । यस्तै महासचिव पदमा डा देवकुमारी आचार्य निकटतम प्रतिस्पर्धी मिनाकुमारी कार्की भन्दा २४२ मतले अघि छिन् ।
सचिव पदमा बेली पौडेल जया मिश्रा भन्दा ३१२ मतले अघि छिन् । यस्तै कोषाध्यक्ष पदमा तुलसा कुमारी अघिकारी रमा देवी पहारी भन्दा ४३० मतले अघि देखिएकी छन् । सदस्यहरुमा पनि चन्द्रकला शर्मा नेतृत्वको प्यानल अघि देखिएको छ ।
२० वटा मतदान केन्द्रमध्ये अब राजबिराज, जनकपुर, काठमाडौँ, भक्तपुर र रोल्पाको मतपरिणाम आउन बाँकी छ ।
हेर्नुहोस कहाँ कसले कति मत प्राप्त गरे ?
सम्पर्क इमेल : [email protected]