नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु

काठमाडौँ, २८ मंसिर । नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजबाट सुरु भएको छ। बबरमहलस्थित कार्की बेङ्क्वेटमा सुरु भएको दुई दिने सम्मेलनको मुख्य नारा ‘हेल्थ वियोण्ड हेल्थ’ राखिएको छ ।

नेपाल चिकित्सक संघले प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा आयोजना गर्दै आएको सम्मेलनको चौथो संस्करण स्वरुप यसपटक पनि निरन्तरता दिएको हो ।

संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विविन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने गरी तय गर्ने योजना बनाइएको छ। उक्त कार्यक्रम विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत बिचार विमर्श मार्फत सैद्धान्तिक बहससहित आयोजना हुन गईरहेको उनले जानकारी दिए।

उक्त सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने पनि उनले जानकारी दिए।

सम्मेलनको औपचारिक उद्घाटन अपरान्ह ६ बजे स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गर्नेछन् । तर, सब थिममा छलफल भने विहानैबाट सुरु भईसकेको छ ।

सम्मेलन साइन्टिफिक कमिटिका को चियर डा. प्रज्वल प्याकुरेलका अनुसार अघिल्ला वर्षको प्रतिवद्धतताको अवस्थाबारे खोजविन गर्न ‘प्रतिवद्धताबाट कार्यान्वयनसम्मस् तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन घोषणापत्रका प्रगति, चुनौती र अनुभवहरु’, ‘परिवर्तका लागि स्वास्थ्य प्रणाली र युनिभर्सल हेल्थ कभरेज,’ ‘अनुुसन्धान, अध्ययन र सहकार्यको क्षमता निर्माण’ रहेका छन् ।

यस्तै ‘स्वास्थ्य र महामारीका लागि पूर्वतयारी,’ ‘चिकित्सा शिक्षा सुधार र नवप्रवर्तन, ‘स्वास्थ्य सञ्चारमाध्य जनचेतना र उत्तरदायी पत्रकारिता,’ ‘संक्रामक रोग व्यावसायिक र वातावरणीय स्वास्थ्यमा पानी सरसफाइ र पोषणको प्रभाव’ आदि विषय राखिएको जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *