नुवाकोटमा अल्काको निशुल्क स्वास्थ्य शिबिर, ५ सय बढीको परीक्षण
ललितपुर ९ असोज – जाउलाखेलस्थित अल्का अस्पतालले नुवाकोटमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा ५ सय बढीको स्वास्थ्य परीक्षण भएको छ ।
काठमाडौँ नक्सालस्थित सत्य साइ संगठनको समन्वयमा नुवाकोटको ककनी गाविसस्थित रानीपौवामा आइतवार सम्पन्न स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुति रोग, जनरल फिजिसियन, दन्त रोग, आ“खा रोगसम्बन्धी समस्या भएका बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिबिरमा आएका बिरामीहरुलाई अस्पतालले चिकित्सकको सिफारिस अनुसार औषधी समेत निशुल्क बितरण गरेको थियो । शिविरमा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. आङ डोल्मा लामा, डा. शुष्मा लोम्सनसहित दर्जनबढी स्वाथ्यकर्मीको टोली खटिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]