फार्मेसी सहायकको लाइसेन्स परीक्षामा जम्मा १० प्रतिशत उत्तीर्ण ! (नतिजा सहित)

काठमाडौँ, २२ मंसिर । नेपाल फार्मेसी परिषद्ले आज लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा १०.२० प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा अत्यन्तै कम प्रतिशत उत्तीर्ण भएका हुन् ।

परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेका अनुसार यो परीक्षाका लागि कुल १ हजार २९९ जनाले फारम भरेका थिए । तर आज परीक्षाका बेला १ हजार २६४ जना मात्रै सहभागी भए । ती मध्ये १२९ जना (१०.२० प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् ।

नाम दर्ता परीक्षामा ९० प्रतिशत अनुत्तीर्ण हुँदा कलेजहरुको पढाईको गुणस्तरमा समेत प्रश्न उठेको छ ।

रजिष्ट्रार पाण्डेले परीक्षा व्यवस्थित ढंगले सञ्चालन भएको र उत्तर पुस्तिका हेर्न चाहनेले समेत प्रकृया पुरा गरेर हेर्न सक्ने व्यवस्था मिलाएको भन्दै नतिजाले भने चिन्तित बनाएको बताए ।

लाइसेन्स परीक्षा उत्तीर्ण गरेकाहरुले मात्रै फार्मेसीमा बसेर औषधिको बिक्री बितरण गर्न पाउने व्यवस्था छ ।

परिषद्ले लिएको यो २६ औँ नाम दर्ता परीक्षा हो ।

उत्तीर्ण हुनेहरुको सिम्बोल नम्बर र प्राप्तांक:

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *