‘मेडिकल प्राक्टिस’मा रमाएका डा. शैल अब राजदूत बनेर जर्मनी जाँदै
काठमाडौँ, १७ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसंग आइतबार शपथ लिएपछि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती त्यस तर्फ जाने तयारीमा छन् । उनी आगामी बिहीबारसम्म त्यसतर्फ प्रस्थान गर्ने जनाएका छन् ।
लामो समय मेडिकल प्राक्टिसमा रमेका डा रुपाखेती कोभिड १९ को महामारीपछि भने राजनीतिक उच्च नेतृत्वसंग प्रत्यक्ष जोडिन पुगेका थिए ।
उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा क्याविनेट चिकित्सकको रुपमा भूमिका निभाएका थिए । उनी त्यसअघि प्रत्यक्ष रुपमा स्टार अस्पताल सानेपाको व्यवस्थापकीय टिममा रहेर काम गरेका थिए भने अहिले नेपालका शल्य चिकित्सकहरुको छाता संस्था सोसाइटी अफ सर्जन्स नेपाल (एसएसएन) को महासचिवको रुपमा कार्यरत रहेका छन् ।
पछिल्लो पटक कांग्रेस एमाले गठबन्धनमा सरकार बनेपछि उनी महत्वपूर्ण मानिएको जर्मनीको राजदूत बनेका हुन् ।
अब उनले जर्मनीसंगै पूर्वी उत्तरी र दक्षिणी युरोपका अरु नौ वटा मुलुकको गैरआवासीय नेपाली राजदूतको भूमिका समेत निर्वाह गर्नुपर्ने हुन्छ ।
आइतबार राष्ट्रपति पौडेलले शितल निवासमा विशेष समारोहकाबीच डा शैलसमेत चार देशका लागि नियुक्त भएका राजदूतलाई शपथ खुवाएका थिए ।
त्यसरी सपथ लिनेहरुमा अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव रहेका छन् ।
सम्पर्क इमेल : [email protected]