केडीसीको प्राविधिक सहयोगमा नुवाकोटको देवीघाटमा निशुल्क दन्त शिविर सम्पन्न

काठमाडौँ, १६ मंसिर । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौँ (केडीसी) तथा बीएम फाउण्डेशनको प्राविधिक सहयोगमा नुवाकोटको देवीघाटस्थित शहीद जजगप्रकाश जंग शाह संस्कृत माविमा निशुल्क दन्त परीक्षण तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लव अफ काठमाडौँ नर्थको आयोजनामा गत शुक्रबार भएको शिविरका लागि रोटरी क्लव अफ उकु जीनजोङ ताइवानको समेत सहयोग थियो ।

केडीसी, बीएम फाउण्डेशनका अध्यक्ष समेत रहेका रोटरियनडा बुद्धिमान श्रेष्ठका अनुसार शुक्रबारको शिविरमा एल केजी देखि कक्षा ७ सम्मका ४३७ जना विद्यार्थीहरुको निशुल्क दन्त परीक्षण गरिएको थियो । सोही अवसरमा एल केजी देखि कक्षा १० सम्मका ६०० बढी विद्यार्थीहरुलाई मुख तथा दन्त स्वास्थ्य बारेमा सचेतनामुलक प्रशिक्षण दिइएको थियो ।

यता शिविरमा प्राविधिक टोलीको नेतृत्व गरेका केडीसीका डा अनिया श्रेष्ठले दन्त परीक्षण पछि धेरै बालबालिकाहरुको दाँत किराले खाने समस्या भएको पाइएको बताईन । यस्तै धेरै बालबालिकाहरुमा गिजा सम्वन्धी समस्या, दन्त लेउ, दाँत निकाल्नु पर्ने समस्या भेटिएको जानकारी दिईन् ।

विहान ११ बजे देखि अपरान्ह ५ बजेसम्म चलेको शिविरमा टोलीले विद्यार्थीहरुलाई निशुल्क रुपमा दन्त ब्रस समेत वितरण गरेको थियो ।

दाँतको सफाइ कसरी गर्ने ? जिव्रोको सफाइ कसरी गर्ने, दन्त फ्लसको महत्व के हो ? दन्त फ्लस कसरी गर्ने ? फ्लोराइड युक्त दन्तमञ्जनको आवश्यकता र महत्वको बारेमा चर्चा गरिएको थियो ।

शिविरमा रोटरी क्लव काठमाडौँ नर्थका अध्यक्ष रोटरियन प्रितम पौडेल, सचिव रोटरीयन बासुदेव श्रेष्ठ समेत पुगेका थिए । यता प्राविधिक टोलीको नेतृत्व गरेका डा अनिया श्रेष्ठसंगै दिब्या थापा, मिरा तामाङ, श्रेया बस्नेत, अनुष्का पन्त, सुप्रिया रेग्मी, पूर्णिमा बुढाथोकी, दीक्षा बज्राचार्य, अल्बिना क्षेत्री रहेका छन् । यस्तै डेन्टल हाइजिनिष्टहरु विनुका श्रेष्ठ, प्रमिशा थापा, प्रेरणा चौधरी र विविशा राई पनि शिविरमा खटिएका थिए ।

केडीसीका अध्यक्ष समेत रहेका डा श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यमा केडीसीले देशका विभिन्न जिल्लामा पुगेर निशुल्क शिविर सञ्चालन गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप नुवाकोटमा भएको बताए । उनले मुख तथा दन्त स्वास्थ्यमा ध्यान दिन सके धेरै रोगहरुबाट जोगिन सकिने समेत बताए ।

विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्राकारले शिविर सञ्चालन गरी बालबालिकाको निशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण तथा प्रशिक्षण गराएकोमा खुशी व्यक्त गर्दै प्राविधिक तथा आयोजक टोलीलाई मायाको चिनो प्रदान गरेकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *