स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएका २० ठूला अस्पतालको शैय्या संख्या कति ?

काठमाडौँ, १३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार सेवा प्रदान गर्ने २० वटा स्वास्थ्य संस्थाको सञ्चालन अनुमति शैय्या संख्या सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेका स्वास्थ्य संस्थाहरुमा १८ वटा निजी र दुईवटा सरकारी छन् ।

‘नागरिकको उपचारका लागि टर्सरी लेभलका कति अस्पताल छन् ? सञ्चालनका लागि कति शैय्या अनुमति लिएका छन् ? भन्ने बारेमा जानकारी दिनका लागि यो सूची सार्वजनिक गरिएको हो । अहिले निजी लगानीका मेडिकल कलेज तथा अस्पतालहरुको शैय्या सार्वजनिक भएको छ । हामीले केही दिनमै सरकारी अस्पतालको अनुमति लिएको शैय्या समेत सार्वजनिक गर्नेछौँ,’ मन्त्रालयका गुणस्तर मापन तथा नियमन शाखाका प्रमुख डा. सरोज शर्माले भने ।

कतिपय निजी मेडिकल कलेज तथा अस्पतालहरुले अनुमति विना नै धेरै शैय्या सञ्चालन गरेको उजुरी तथा गुनासो समेत आएपछि मन्त्रालयले शैय्या सार्वजनिक गरिदिएको बताइएको छ ।

हेर्नुहोस् अस्पतालहरुले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएको शैय्या संख्या

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *