पुसको दोस्रो साता ‘नेपाल हेल्थ कन्क्लेभ’ गर्दै स्वास्थ्य मन्त्रालय

'कि नोट स्पिकर' डब्लुएचओका महानिर्देशक डा. टेड्रोस

काठमाडौँ, १२ मंसिर । आउँदो पुसको दोस्रो साता काठमाडौँमा ‘नेपाल हेल्थ कन्क्लेभ’को आयोजना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ र १२ पुसका दिन ‘हेल्थ कन्क्लेभ’ आयोजना गर्न लागेको हो ।

नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरुको संयोजन मुख्य थिम रहेको सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली स्वास्थ्य विशेषज्ञसंग नेपालको स्वास्थ्य सेवालाई सुदृढ गर्ने विषयमा छलफल हुने बताइएको छ ।

‘यो सम्मेलन हामीले प्रभासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरुलाई नजिक ल्याई आपसी सिकाई र दीर्घकालिन रणनीतिहरु निर्माण हुन कोशे ढुंगा सावित हुने विश्वास लिएका छौँ,’ सम्मेलनबारे जानकारी दिन बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त स्वास्थ्य सचिव डा टंक बाराकोटीले भने ।

उनले सम्मेलनको माध्यमबाट विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञलाई एक ठाउँमा ल्याई स्वास्थ्य सम्वन्धी प्रमुख चुनौतीहरुको समाधान खोज्न र संवाद गर्न सहज हुने विश्वास व्यक्त गरे ।

मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले सम्मेलनमा अहिलेसम्म २२ जना विदेशी सहित ३०४ जना विशेषज्ञले सहभागिताका लागि निधो गरिसकेको बताए । उनले यो संख्या बढ्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधोनम घेब्रेयसस मुख्य बक्ता (कि नोट स्पिकर) रहने जानकारी दिए । उनले आयोजक स्वास्थ्य मन्त्रालयलाई आफूले नेपालमै आएर सहभागी हुने इच्छा भए पनि आउन नमिलेको भन्दै भर्च्युअल माध्यमबाट सम्वोधन गर्ने जानकारी गराएका छन् ।

सम्मेलनमा ई स्वास्थ्य र आधुनिक स्वास्थ्य सेवा समाधान, दीर्घकालीन सहभागिताका लागि नीतिगत सम्वाद र अनुसन्धान, शिक्षा र नवप्रवर्तन विषयमा केन्द्रीत रहेर छलफल हुने जानकारी दिईयो ।

डा सापकोटाले सम्मेलनमा सहभागिताका लागि निशुल्क रजिष्ट्रेसनको व्यवस्था गरिएको समेत जानकारी दिईयो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *