नेपाल नर्सिङ संघको निर्वाचनमा बन्यो दलीय गठबन्धन, एमाले-माओवादीको एउटा र कांग्रेस-समाजवादीको अर्को प्यानल

काठमाडौँ, ९ मंसिर । आगामी २८ मंसिरमा हुन गईरहेको नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आज उम्मेद्धारी दर्ता भएको छ । निर्वाचनमा प्रमुख चारवटा राजनीतिक दल नजिक भएका नर्सहरुले दलीय आधारमा दुईवटा छुट्टा छुट्टै प्यानल बनाएका छन् ।

स्रोतका अनुसार यसपटक चुनावमा नेकपा एमाले र एकीकृत माओवादी केन्द्र निकट नर्सले एउटा प्यानल खडा गरेका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नर्सहरुले अर्को प्यानल खडा गरेका छन् ।

अघिल्ला निर्वाचनमा अध्यक्ष सहितको प्रतिस्पर्धामा उत्रने नेपाली कांग्रेस निकटका नर्सहरुले यसपटक समाजवादीसंग गठबन्धन गर्दा अध्यक्ष पद समाजवादीलाई नै छाडिदिएको छ  भने एमाले माओवादीमा गठबन्धन अध्यक्ष पदको आधिकारिक उम्मेद्धारविरुद्ध एमाले पार्टी निकटकै नर्सले बागी उम्मेद्धारी दिएकी छन् ।

यस्तै महासचिवमा पनि एमाले माओवादी गठबन्धनबाट उम्मेद्धार बनेकी एमाले निकट नर्स विरुद्ध एमाले निकटकै अर्की नर्सले पनि उम्मेद्धारी दिएकी छन् ।

एमाले निकट नर्सिङ नेतृत्वले बाकी उम्मेद्धारले नाम फिर्ता लिने बेलासम्म सहमतिमा आईसक्ने दावी गरेका छन् ।

निर्वाचनका लागि क कसको परयो उम्मेद्धारी ?
आइतबार उम्मेद्धारी दर्ता गर्दा एमाले माओवादी गठबन्धनको तर्फबाट एमाले निकट प्राध्यापक चन्द्रकला शर्माले अध्यक्षमा उम्मेद्धारी दिएकी छन् ।

यस्तै कांग्रेस समाजवादी गठबन्धनबाट अध्यक्षमा गंगाकुमारी थापाको उम्मेद्धारी परेको छ । उनी समाजवादी निकट नर्स हुन् । यसपटक कांग्रेसले गठबन्धन गर्दा अध्यक्ष समाजवादीलाई छाडिदिएको छ ।

अध्यक्षकी अर्की उम्मेद्धार बसन्ती थापा पनि एमाले निकट हुन् । उनको उम्मेद्धारीलाई शर्मा विरुद्धको बागी भनिएको छ ।

यद्धपी एमाले निकट नर्सिङ नेताहरुले बाँकीलाई कुरा मिलाउने नाम फिर्ता लिन लगाउने दावी गरेका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा एमाले माओवादी गठबन्धनबाट एमाले निकटका रमेश सुब्बा उठेका छन् । कांग्रेस समाजवादी गठबन्धनबाट बरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट कल्पना श्रेष्ठ जोशीको उम्मेद्धारी परेको छ ।

उपाध्यक्षमा एमाले माओवादी गठबन्धनबाट माओवादी निकट बबिता घिमिरे र कांग्रेस समाजवादी गठवन्धनबाट कांग्रेस निकटकी मनिषा कोइरालाको उम्मेद्धारी परेको छ ।

यस्तै महासचिव पदमा एमाले माओवादी गठबन्धनबाट एमाले निकट मानिने डा देवकाकुमारी आचार्य र कांग्रेस समाजवादी गठवन्धनबाट कांग्रेस निकटकी मीनाकुमारी कार्कीको उम्मेद्धारी परेको छ । एमाले निकटकी जानकारी धामीले पनि महासचिव पदमा छुट्टै उम्मेद्धारी दिएकी छन् ।

अरु को कसको उम्मेद्धारी परयो हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *