चिकित्सा शिक्षा आयोगको बैठकको निर्णय:

पीसीएल कार्यक्रम सञ्चालनका लागि डेढ दर्जन स्वास्थ्य संस्थालाई सम्वन्धन, केहीलाई आशय पत्र र केहीको कोटा निर्धारण

काठमाडौँ, ९ मंसिर । चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र तहको स्वास्थ्य शिक्षा अध्यापनका लागि १७ वटा शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको १५ औँ पूर्ण बैठकले नर्सिङ, एचए, फार्मेसीलगायत विषय अध्यापनका लागि ती संस्थाहरुलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

यस्तै बैठकले ७ वटा संस्थालाई आसय पत्र दिने र २८ वटाको कोटा निर्धारण गर्ने निर्णय गरेको आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्राडा सुदीप आचार्यले जानकारी दिए ।

यसअघि आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस सम्बन्धी प्रस्ताव बैठक समक्ष पेश गरेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले निजी मेडिकल कलेजहरुमा स्नातकोत्तर तह(पिजी अध्ययनका विषयमा देखिएको विवाद आपसी छलफलबाट समाधान गर्न निर्देशन दिएका थिए ।

यता निजी मेडिकल कलेजले पनि तत्कालका लागि समस्या समाधान भएको भन्दै पीजी तहको सिटका लागि स्व मूल्याकंन फारम भर्न राजी देखाएका छन् ।

आयोगले फारम भर्ने समय ११ मंसिरसम्मका लागि दोस्रो पटक म्याद थपेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *