ललितपुर महानगर क्षेत्रमा पालिएका बंगुर र सुगुरमा अफ्रिकन स्वाइन फिवर देखियो

काठमाडौँ, ३० कात्तिक । ललितपुर महानगरपालिका भित्र पालिएका बंगुर र सुंगुरमा अफ्रिकन स्वाइन फिबर देखिएको छ । महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोर क्षेत्रमा बंगुर र संगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो ।

महानगरका पशु सेवा शाखा प्रमुख राजेन्द्र बिष्टका अनुसार गत २५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको जनाएको छ ।

विज्ञप्तीमा बंगुर र सुंगुर पालक कृषक तथा व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यता जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले महानगरको पशु स्वास्थ्यले यो केशको ह्याण्डिल गरेको भन्दै मानव आफ्नो कार्यालयले पनि अब नजिकबाट आवश्यक निगरानी गर्ने बताए ।

उनले अहिलेसम्म जनस्वास्थ्य कार्यालयमा त्यसबारेमा कुनै जानकारी नआएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *