स्वास्थ्य बीमा बोर्ड अध्यक्ष डा लोहनीको राजिनामा दिएको दुई महिना पछि स्वीकृत

डा. गुणराज लोहनी

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार (२५ कात्तिक)मा बसेको मन्त्रिपरिषद्को बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

डा. लोहनीले गत २८ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल समक्ष राजिनामा बुझाएका थिए ।

डा. लोहनीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले करिब एक वर्ष अघि बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

आइतबार मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डा. लोहनीको राजिनामा स्वीकृतभएको बताए ।

सरकारले हिजो अध्यक्षको राजिनामा स्वीकृत गरेकै दिनबाट बोर्डको कार्याकारी निर्देशकको पनि पदावधि सकिएको छ ।

कार्यकारी निर्देशक रहेका डा. दामोदर बसौलाले आफ्नो ४ वर्षे कार्यकाल हिजो पुरा गर्दै बाहिरिएका छन् ।

यतिवेला देश व्यापी बनिसकेको स्वास्थ्य बीमा कार्यक्रमको सञ्चालन निकै नै फितलो देखिएको छ ।

सरकार सामु अहिले अध्यक्ष र कार्यकारी निर्देशक तत्काल नियुक्त गरी स्वास्थ्य बीमा बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्नु पर्ने चुनौती रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *