गैरसरकारी संस्थाद्वारा स्वास्थ्य चौकी निर्माण
बागलुङ, २ असोज – नेपाल लोक कल्याण सङ्घले जिल्लाको नारायणस्थान–३ मा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ ।
रु २४ लाखको लागतमा बनेको स्वास्थ्य चौकी भवन सङ्घले हालै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । जसमा रु पाँच लाख ५० हजार स्थानीय जनश्रमदान परेको छ ।
उक्त भवनबाटै स्वास्थ्य चौकी सञ्चालन भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिनुए । नौवटा कोठा, एक सभा हल, शौचालय र स्नान कोठासहितको पक्की भवनबाट सेवा प्रवाह भइरहेको उनको भनाइ छ ।
सामाजिक उत्तरदायित्वस्वरुप संस्थाले स्वास्थ्य चौकी भवन निर्माण गरेको सङ्घका प्रशासकीय अधिकृत कल्पना कार्कीले बताए ।
पक्की भवन निर्माणपछि प्रसूति केन्द्रलगायतका सेवा सञ्चालन गर्न सहज भएको उनको भनाइ छ । सार्वजनिक जग्गामा बनेको उक्त भवनको जग्गा स्वास्थ्य चौकीको नाममा दर्ता गराउन प्रक्रिया अघि बढेको जनाइएको छ । रासस
सम्पर्क इमेल : [email protected]