मन्त्रिपरिषद् बैठकको निर्णय:

नेपाल प्रहरीका डिआईजी डा. ह्योजु र राणा एआईजीमा बढुवा, कहाँ-कहाँ भयो पदस्थापन ?

काठमाडौँ, १३ कात्तिक । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक प्रहरी नायव महानिरीक्ष्क (डीआईजी) डा सुन्दरप्रसाद ह्योजुलाई प्राविधिक तर्फ एआईजीमा र प्रहरी नायव महानिरीक्ष्क (डीआईजी) किरण राणालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक पछि आजका निर्णयबारे सम्छिप्त रुपमा जानकारी दिने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीका दुई जना डीआईजी एआईजीमा बढुवा गरि पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए ।

उनले बढुवा भएका डा ह्योजुलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र एआईजी राणालाई प्रदेश समन्वय विभाग नक्सालमा बढुवा गर्ने निर्णय भएको बताए ।

डा ह्योजु एनेस्थेसियाका डाक्टर हुन् । उनी अब नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रमुख बन्ने छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *