औषधि ब्यवस्थापक बज्राचार्यको औषधि व्यवस्था विभागमा सरुवा

काठमाडौँ, ११ कात्तिक । औषधि व्यवस्था विभागको रिक्त औषधि व्यवस्थापक पदमा किरण सुन्दर बज्राचार्यको सरुवा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बुधबार सचिवस्तरीय निर्णय गर्दै नवौँ तहका बज्राचार्यलाई सरुवा गरेको हो । बज्राचार्य यसअघि विभागको वीरगञ्ज शाखाको नेतृत्व गरेका थिए ।

विभागमा रहेका औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीले अनिवार्य अवकाश पाएपछि सो पद रिक्त थियो ।

बज्राचार्यको सोही रिक्त पदमा सरुवा भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *