नेपाल मधुमेही समाजको २८ औँ साधारण सभा सम्पन्न

काठमाडौँ, ११ कात्तिक ।  नेपाल मधुमेही समाजको २८ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको साधारण सभालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै उनले मधुमेही समाजले सामाजिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको भन्दै सराहाना व्यक्त गरे । संविधानले नै स्वास्थ्यलाई मौलिक हकको रुपमा परिभाषित गरेको भन्दै स्वास्थ्य पाउने जनताको अधिकार कार्यान्वयन भएको नभएकोबारेमा आफूहरुले निगरानी गर्ने गरेको बताए ।

कार्यक्रममा समाजका अध्यक्ष शिव श्रेष्ठले संस्थाको स्थापना र पछिल्लो एकवर्षमा गरेका कामहरुका बारेमा चर्चा गरेका थिए । उनले ३४ वर्ष अघि स्थापित संस्थाले मधुमेहसहितको नसर्ने रोगको रोकथाम उपचार र नियन्त्रणमा विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिए ।

सो अवसरमा संस्थालाई लामो समय देखि उल्लेख्य योगदान पुर्याएको भन्दै नेपाल मधुमेही समाजका मानार्थ सदस्य एवं मणिकलाल प्रधान स्मृति कोषका संस्थापक काठमाडौँ महानगर १ नक्साल निवासी श्रीमती नानीबाबा प्रधानलाई ताम्र पत्रले सम्मान गरिएको थियो ।

यस्तै मधुमेही समाजका अध्यक्ष, मानर्थ सदस्य एवं रमासुन्दरी श्रेष्ठ स्मृति कोषका संस्थापक शिव श्रेष्ठलाई पनि ताम्र पत्रद्धारा सम्मान गरिएको थियो ।

सोही अवसरमा समाजका लागि ५ लाख बढी सहयोग गर्ने किरणनाथ प्याकुरेल, हसनादेवी श्रेष्ठ र डा प्रतिमा श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

यस्तै एक लाख भन्दा बढी सहयोग गर्ने १० जना सदस्यहरुलाई यशस्कर सदस्यता प्रदान गरिएको थियो । त्यसरी सदस्यता पाउनेहरुमा डा गुप्तबहादुर श्रेष्ठ, डा लोचनदेवी मानन्धर, तारा शर्मा, कृष्णदास श्रेष्ठ र मेरिना श्रेष्ठ रहेका छन् । यस्तै पवित्र बज्राचार्य, विद्यादेवी मानन्धर, वर्षा श्रेष्ठ, विजय महर्जन र सोनीबाबा अमात्य प्रधानलाई पनि सो यशस्कर सदस्यता प्रदान गरिएको थियो ।

साधारण सभाले संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनका साथै आगामी वर्षको बजेट तथा कार्यक्रम स्विकृत गरेको छ ।

समाजका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष भगवती नेपालले सञ्चालन गरेकी थिईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *