मन्त्रिपरिषद् बैठकको निर्णय  :

नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. गौतम र कँडेल नियुक्त 

काठमाडौँ, ९ कात्तिक ।   सरकारले नेपाल फार्मेसी परिषद्मा रिक्त रहेको दुईवटा सदस्य पदमा दुई जनालाई मनोनित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा सभ्यता गौतम काठमाडौँ र विष्णुप्रसाद कंडेल बाग्लुङलाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
मनोनित दुबै जना फार्मेसी विषयको अध्यापन कार्यमा सम्लग्न छन् ।
अध्यक्ष र रजिष्ट्रार सहित १० सदस्यीय फार्मेसी परिषद्मा केही सदस्य पदेन र केहीलाई सरकारले मनोनित गर्ने व्यवस्था छ ।
बिहीबारको बैठकले मनोनित गरेका दुई जनालाई भने परिषद्को सिफारिस र स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले मनोनित गरेको हो । परिषद्ले सिफारिस गर्नेमा एक जना महिला सहित बरिष्ठ फार्मासिष्टसहित दुई जना हुनुपर्ने भन्ने व्यवस्था छ ।
अहिले परिषद्को अध्यक्षमा प्रज्वलजंग पाण्डे र रजिष्ट्रारमा सञ्जीव पाण्डे रहेका छन् ।
सदस्यहरुमा निरज बर्तौला, अमृत थापा, निशानकुमार गुप्ता, महासागर ज्ञवाली रहेका छन् । यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र नेपाल फर्मास्युटिकल एशोसिएशनका अध्यक्ष ललितमोहन पन्त पनि पदेन सदस्य रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *