कालीकोटको रास्कोट अस्पतालमा चल्यो तीन दिने विशेषज्ञ स्वास्थ्य शिविर

एक हजार ४०० बढीले लिए स्वास्थ्य परीक्षण तथा उपचार सेवा

जुम्ला, ९ कात्तिक । कालीकोटको रास्कोट अस्पतालमा स्त्री रोग, हाडजोर्नी तथा परिवार नियोजन सम्वन्धि तीन दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

डाक्टर फर नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा रास्कोट नगरपालिका कालीकोटको समन्वयमा भएको उक्त शिविरमा हाडजोर्नी सम्वन्धि ७८७ जना र स्त्री तथा प्रसूति रोग सम्बन्धि ६०० जनाले सेवा लिएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए ।

‘शिविरका लागि विशेषज्ञ चिकित्सकको टोली खटिएको थियो । ग्रामिण तथा दुर्गम क्षेत्रका बासिन्दाहरुलाई सेवा दिने उदेश्यका साथ आयोजित शिविर सफल भएको छ,’ डा. रावलले भने ।

दुर्गमका बासिन्दालाई विशेषज्ञ सेवा दिने योजनाका साथ प्रतिष्ठानले यसअघि पनि कर्णाली तथा सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लाका विभिन्न स्थानमा पुगेर बृहत घुम्ति स्वास्थ्य शिविर गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *