सिटामोल अभाव नभएको नेपाल औषधि लिमिटेडको प्रष्टोक्ति

काठमाडौँ, ८ कात्तिक । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नभएको बताएको छ । डेंगी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट आएको जनगुनासोको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सिटामोल अभाव नरहेको प्रष्ट पारेको हो।

लिमिटेडले आज जारी गरेको विज्ञप्तीमा प्रमुख उत्पादनको रुपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडले बताएको छ।

साथै पछिल्लो समयमा बढ्न गएको डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको समेत जानकारी दिइएको छ।

अघिल्ला वर्षहरुमा डेंगीको संक्रमण बढ्दा सिटामोल अभाव हुने गरेको थियो । यसपटक पनि त्यहि अनुमानका आधारमा हल्ला चलाएको हुन सक्ने जानकारहरु बताउँछन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *