डा. सुन्दरप्रसाद ह्योजु एआईजीमा बढुवा सिफारिस, नेपाल प्रहरी अस्पतालको प्रमुख बन्ने निश्चित

काठमाडौँ, ५ कात्तिक । नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्न सिफारिस गरिएको छ ।

आइतबार साँझ बसेको बढुवा समितिको बैठकले डीआईजी ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

एनेस्थेसियाका डा. ह्योजु सो अस्पतालका सिनियर चिकित्सक हुन् । एआईजीको प्रतिस्पर्धामा उनीसँगै डा. गोपेश ठाकुर र डा. सञ्जय श्रेष्ठ थिए । तर समितिको बैठकले सबैभन्दा बरिष्ठ ह्वोजुलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एआईजी बढुवाको सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ । आगामी मन्त्रिपरिषद्को बैठकले सदर गर्नेछ ।

यसअघि नेपाल प्रहरी अस्पतालको प्रमुख एआईजीपी डा आशा सिंह थिईन् । उनी गत १० साउन देखि अवकाश भएकी थिईन् । त्यसपछि निमित्त अस्पताल प्रमुख रुपमा डा ह्योजुले नै जिम्मेवारी सम्हालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *