हेटौँडा अस्पतालमा अब ओपीडी टिकट लिन लाइन बस्न नपर्ने

 

काठमाडौँ, १ कात्तिक । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा आजबाट टिकट लिन लाइन बस्न नपर्ने भएको छ । अस्पतालले अनलाइन टिकट लिन मिल्ने व्यवस्था गरेसंगै लाइन बस्न नपर्ने भएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले स्वास्थ्य जाँच तथा उपचारका लागि आउने बिरामीलाई लामो समय लाइनमा बस्नु पर्ने झण्झटबाट छुटकारा दिनका लागि अनलाइन टिकटिङ सेवा सुरु गरिएको बताए ।

उनले बिरामीले ओपिडी जाँचका लागि अघिल्लो दिन राती १२ बजे नै टिकट लिई सक्नु पर्ने व्यवस्था रहेको भन्दै उपचारका लागि आउँदा विना टोकन काउन्टरबाट कार्ड लिन सक्ने सुविधा भएको बताए ।

अस्पतालले यसअघि १६ भदौ देखि विस्तारित स्वास्थ्य सेवा (ईएचएस) लागू गरेको छ । सो सेवामा भने स्वास्थ्य बीमा लागू नहुने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *