खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्केको घाइतेको ज्यान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले बचाईदिए

धरान, २६ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले खुकुरी प्रहारबाट गम्भीर घाइते एक जनाको ज्यान बचाएका छन् ।

बीस वर्ष देखि नियमित रुपमा रक्सी सेवन गर्ने महालक्ष्मी नगरपालिका धनकुटाका ३० वर्षीय पुरुषले गत २९ भदौ राती करिब १० बजेतिर पारिवारिक हिंसा पश्चात आत्माहत्या गर्ने उदेश्यले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए ।

उक्त घटना छिमेकीले थाहा पाई सुरक्षाकर्मीको रोहवरमा गम्भिर अवस्थामा नीजलाई एम्बुलेन्सबाट प्राथामिक उपचारका लागि नजिकको धनकुटा जिल्ला अस्पतालमा लगिएको थियो । त्यहाको टिमले तत्कालै धरानस्थित प्रतिष्ठानमा थप उचारका लागि रेफर गरेको थियो ।

उक्त घाइते ३० भदौ विहान ८ बजे तिर इमर्जेन्सी कक्षमा आन्द्रा बाहिर निक्लिएको एवम् आन्द्रा कुहिएको अवस्थामा ल्याइएको थियो । घाइतेको आफन्त कोही नभएकोले प्रतिष्ठानले तत्कालै प्रहरीसंग समन्वय गरी आफ्नो जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग तथा एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागको टिमले उपचार शुरु ग¥यो ।

प्रतिष्ठानका सहप्रवक्ता डा अभिजितकुमार भन्छन्, ‘घाइते बिरामीको रगत निकै बगिसकेकोले निजको अवस्था एकदमै नाजुक रहेको थियो । तर बिरामीको अभिभावक कोहि पनि नभएकाले प्राथामिक उपचारका साथै अप्रेशनका लागि अति आवश्यक पर्ने जा“च परिक्षण, रगतको व्यवस्था, औषधी एवम्अप्रेशनमा चाहिने सामाग्रीको व्यवस्था गर्न कठिनाई भएकोले अस्पताल प्रशासनसंग समन्वय गरि ३१ भदौ्रमा शल्यक्रिया गरियो ।’

‘अप्रेशनको क्रममा पेटमा जमेको रगत निकाली कुहिएको आन्द्रा काटी बाँकी आन्द्रा जोडियो । अप्रेशनमा करिब ४ घण्टाको समय लागेको थियो । शल्यक्रिया पश्चात् बिरामलाई आईसियु मा भर्ना गरियो र निजलाई दश दिन सम्म भेन्टिलेटरमा राखि चौधौं दिनमा सर्जरी वार्डमा सारियो । त्यहाँबाट अप्रेशनको १६ औँ दिनमा बिरामीलाई सफलता पुर्वक डिस्चार्ज समेत गरियो,’ डा अभिजितकुमार ले भने ।

बिरामीको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको भन्दै उपचार खर्च छुटको सुविधा मिलाइ दिन प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादज्यूले सिफारिश गरे अनुसार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले घाइतेको उपचारमा लाग्ने सबै खर्चको छुट सुविधा मिलाइदिएको डा अभिजितले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *