केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

काठमाडौं, २५ असोज । केन्द्रीय कारागार अस्पतालले अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका २०८१ सार्वजनिक गरेको छ। अस्पतालमा गत १६ असोजमा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

सो अवसरमा गृह सचिव गोकर्णमणि दुवाडीले कारागार अस्पतालले सिमित स्रोत र साधनका महत्वपूर्ण काम गरेको उल्लेख गरेका थिए । उनले  नख्खुमा रहेको मनोसामाजिक अस्पताल सञ्चालनमा ल्याउन कारगार ब्यबस्थापन विभागलाई निर्देशन दिएको बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव मैनालीले आफू पनि कुनै समयमा कारागार ब्यबस्थापन विभागको महानिर्देशक भएको र कारागार तथा कैदीरबन्दीहरुको समस्याका बारेमा जानकार रहेको भन्दै स्वास्थ्य मन्त्रालयको तर्फबाट जनशक्तिलगायत सहयोगका लागि तयार रहेको बताए ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्वास्थ्य बिमामा सम्पूर्ण कैदीरबन्दीहरुलाई थुनुवा पुर्जाका आधारमा सहभागी गराउन आवश्यक छलफल भइरहेको बताए। मनोसामाजिक अस्पताल सञ्चालन गर्न गृहकार्य भइरहेको जानकारी गराउँदै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनको लागि जनस्वास्थ्यका कार्यक्रमहरु संचालन गर्दै जानुपर्नेमा जोड दिए।

अस्पताल प्रमुख डा बुढाथोकीले केन्द्रीय कारागार अस्पतालले आ ब २०८०/८१ मा गरेका कार्यहरुको संक्षिप्त प्रस्तुति दिएका थिए। अस्पतालको सेवा प्रवाह, समस्या तथा चुनौतीहरुको बारेमा प्रस्तुत गर्दै प्रगति प्रतिवेदन र स्मारिकामा रहेका विषयवस्तुहरुको जानकारी दिएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *