दशैंको आसपासमा स्वास्थ्य मन्त्री पौडेल जर्मनी जाँदै

काठमाडौँ, २३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल दशैंको आसपासमा जर्मनी जाने भएका छन् ।

आगामी २७ असोजका दिन जर्मनीको बर्लिनमा हुने कम्युनिटी हेल्थ डेलिभरी पार्टनरशीप इभेन्ट डिउरिङ द वर्लड हेल्थ समिट – २०२४ मा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको ११ वटा निर्णयमा मन्त्री पौडेलको भ्रमण स्विकृत गर्ने निर्णय गरेको हो ।

तीन महिना अघि स्वास्थ्य मन्त्रीमा नियुक्त पौडेलको यो तेस्रो विदेश भ्रमण हो ।

यसअघि उनी इण्डोनेशिया र भारत भ्रमण गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *