राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, २१ असोज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आइतबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीर अस्पतालमा गरिएको रक्तदान कार्यक्रममा ४२ जना स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका छन् ।

अघिल्लो साता काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा आएको अविरल बर्षा पछि सिर्जित्त विपत्तीले अस्पतालहरुमा रक्त अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको महासंघले जनाएको छ ।

महासंघका प्रचार विभाग सचिव नहर्बु फुर्वा दोर्जेका अनुसार रक्तदानका लागि काठमाडौँ उपत्यकामा रहेका महासंघ आवद्ध स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठ र अध्यक्ष डा. झलक शर्मा गौतमले रक्तदातालाई रक्त संकलन थैली दिएर शुभारम्भ गरेका थिए ।

दोर्जेले महासंघ विपद पीडितको साथमा रहेको भन्दै पछिल्लो समय बढ्दो डेंगी संक्रमणबाट जोगिन र आउँदै गरेको चार पर्वमा स्वस्थ खानपान र जीवनशैली अपनाउन समेत आग्रह गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *