ताइवानको एक अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु, ३०० जना बिरामीलाई सारियो

ताइपेइ। दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी  नौ  जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पिङटुङ काउन्टी सरकारले आगलागीस्थलबाट उद्धार गरिएका छ जना पुरुष र दुई जना महिला गरी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ। उनीहरुको आगलागी पछि अस्पताल भित्र भरिएको धुवाबाट निसासिएर मृत्यु भएको बताइएको छ ।

स्थानीय दमकल विभागले बिहान ७ः४१ बजे अन्ताइ तियान–शेङ मेमोरियल अस्पतालको एक भवनबाट बाक्लो धुवाँ निस्केको जानकारी पाएको जनाएको छ।

अस्पतालका अवैतनिक डीन सु चिङ–चुआनले यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालको भवनको मेशिन कक्षमा एयर कम्प्रेसर जलाइएका कारण आगलागी भएको र अधिकांश पीडितहरू अस्पतालमा भर्ना भएका वृद्ध बिरामीहरू रहेको बताएका थिए।

आगलागी हुँदा अस्पतालमा रहेका ३०० जना बिरामीलाई अन्यत्रको अस्पतालमा सारिएको स्थानीय प्रशासनले जनाएको छ ।

घटनास्थलमा रहेका उद्धारकर्मीले स्थानीय सञ्चारमाध्यमलाई आगो नियन्त्रणमा आइसकेको बताएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *