चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ५६ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १६ असोज । नेपाल मेडिकल काउन्सिलले लिएको ७० औँ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५.९ प्रतिशत पास भएका छन् । बुधबार (आज) दिउसो काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार मेडिकल तर्फ ५१.४ र डेन्टल तर्फ ७२.९७ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार मेडिकल तर्फ १ हजार १६८ जनाले परीक्षाका लागि फारम भरे पनि ३९ जना गयल भएका थिए । तीन जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।

कुल १ हजार १२९ जना सहभागी भएकोमा ५७९ जना मात्रै पास भएका छन् ।

यस्तै डेन्टल तर्फ ३०६ जनाले फारम भरेको भए पनि १० जना गयल छन् । कुल २९६ जनाले परीक्षा दिएकोमा २१६ जना उत्तीर्ण भएको डा देवले जानकारी दिए ।

यसपटक परीक्षा हुनु अघि देशभर आएको बाढी पहिरोका कारण परीक्षार्थीलाई अफ्टेरो पर्न सक्ने भन्दै काउन्सिलले हिजो १५ असोजमा दिउसोको सिफ्ट र आज विहानको सिफ्ट छुटेका परीक्षार्थीका लागि सहभागी हुन मौका दिएको थियो ।

परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा गत १३ अजोज देखि आज सम्म चलेको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *