मन्त्रिपरिषद् बैठक :

बाढी पहिरोमा परी गम्भीर घाइते भएकाहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउने सरकारको निर्णय

मृतकका परिवारलाई दुई लाख रुपैयाँ दिईने


काठमाडौँ, १४ असोज । सरकारले बाढीपहिरोमा परी गम्भीर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्के लगत्तै आज बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई  पनि  मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो ।

यसैगरी दैवीप्रकोप राहत कोषमा सरकारको तर्फबाट अर्थ मन्त्रालयले एक अर्व रुपैयाँ राख्ने र मन्त्री परिषद्को सबै सदस्यहरुले एक महिनाको तलव दिने समेत निर्णय गरेको छ ।

यस्तै सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यस्तै राष्ट्रिय झण्डा आधा झुकाउने पनि बैठकले निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *