प्रोष्टेट ग्लाण्ड सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ, १३ असोज । उनले प्रोष्टेड ग्लाण्ड बढेर प्रोष्टेट क्यान्सर भएका धेरै बिरामी देखेका छन् । प्रोष्टेट सम्वन्धी समस्यालाई सुरुमै पहिचान गर्न सके यस्ता जटिल रोग लाग्न सक्ने सम्भावना नै हुँदैन भनेर धेरै ठाउँमा भनेका छन् । हजुर यहाँ प्रसंग उठाइएका व्यक्ति हुन डा. दीपक रौनियार ।

प्रोष्टेटबारे विभिन्न ठाउँमा विभिन्न माध्यमबाट सन्देश दिदै हिडेका डा. रौनियार गत शुक्रबार नेपाल चेम्बर अफ कमर्शको जमलस्थित मुख्यालय पुगे ।  त्यहाँ पनि उनले उही कुरा दोहोर्‍याए,  ‘ प्रोष्टेट समयमै पहिचान गरी उपचार गर्न सकेमा सजिलैसंग निको हुने समस्या हो । तर छिप्पिने र बल्झिने हुन थाल्यो भने यसले दुख दिन्छ । तर मानिसले थाहा नभएर हो कि हेलचेक्राईका कारण हो प्रोष्टेटको समस्या हुनेको संख्या घटेको छैन ।’

‘खासमा त्यो प्रोष्टेट फाउण्डेशन नेपाल र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा गरिएको थियो । हाम्रै भाइसाथीहरुलाई प्रोष्टेडबारेमा जानकारी होस भनेर यहाँ कार्यक्रम आयोजना गरिएको थियो । राम्रो उपस्थिति भयो,’ डा.  रौनियारले भने ।

सोही अवसरमा फाउण्डेसनले चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई नियमित स्वास्थ्य परीक्षण गराउन र लाइफलाइन इन्टरेनशनल क्लिनिक उपचारका छुट दिनेसम्मका योजना अघि सारेको थियो ।

उक्त कार्यक्रमको संयोजक एवं चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, चेम्बर्सका पदाधिकारीहरु र अन्य कर्मचारीहरुको समेत सहभागिता थियो ।

प्रोष्टेट फाउण्डेशनका तर्फबाट डा. रौनियार, सल्लाहकारद्धय वेदबहादुर कार्की, हिक्मतसिंह लेकाली र संस्थाका प्रवन्धक कृष्णकुमार श्रेष्ठको सहभागिता थियो ।

कार्यक्रममा चेम्बर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जनचेतनामुलक कार्यक्रममा चेम्बर्सको साझेदारी रहने समेत प्रतिवद्धता व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *