विप्लव रञ्जितको अध्यक्षतामा नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) मा १५ सदस्यीय नयाँ कार्यमिति निर्वाचित

काठमाडौँ १२ असोज । नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसीए) को अध्यक्षमा विप्लभ रञ्जित निर्वाचित भएका छन् । शनिबार सम्पन्न एनएनसीएको प्रथप केन्द्रीय महाधिवेशनले रञ्जितको अध्यक्षतामा १५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुशान्त मुररका, उपाध्यक्षमा विनोद विष्ट र डा.चन्दन न्यौपाने, महासचिवमा सुरज पौडेल, कोषाध्यक्षमा परशुराम भट्टराई, सचिवमा श्यामसुन्दर श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल थापा निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा विजय मिश्र, रैनक अग्रवाल, अजय कुमार, सुदिप राज सुवेदी, चिरञ्जिवी अधिकारी, पूर्ण कुँवर, शैलेन्द्र कुमार सिंह निर्वाचित भएका छन् ।

महाधिवेशनको उद्घाटन गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले हरेक व्यवसायीले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने उल्लेख गरे । उनले कसैले गैरकानुनी रुपमा काम गर्न नहुने सुझाव दिए ।

महानिर्देशक पौडेलले उपभोक्तालाई मर्का नपर्ने गरी स्वस्थ्यवद्र्धक आहारपुरकको मूल्य निर्धारण गर्न समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले शुभकामना दिँँदै आवश्यकता हेरेर खाद्यपुरक वस्तुहरु बिरामीलाई सिफारिस गर्ने गरेको जानकारी गराए ।

गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाल, पिडानका अध्यक्ष शिवराज बास्कोटा लगायतले विना दर्ता सामान ल्याएर बिक्री गर्ने व्यवसायीहरुलाई कार्वाही गर्नु पर्ने बताए । उनीहरुले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

एनएनसिएका नवनिर्वाचित अध्यक्ष विप्लव रञ्जितले ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्यका साथ स्थापना भएको संघले आगामी दिनमा सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने जानकारी दिए ।

व्यवसायिक हकहित, सुरक्षा र सामाजिक उत्तरदायित्व अन्तर्गतको उद्देश्य लिई गत २२ चैतमा नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) को स्थापना भएको थियो ।

स्थापना भएको ६ महिनाभित्र प्रथम केन्द्रिय महाधिवेशन गर्नुपर्ने विधानको प्रावधान अनुरुप आज भएको महाधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

देशमा अहिले ६ सय भन्दा बढी न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीहरुको आयात र बजारीकरण गर्ने व्यवसायीहरु रहेको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *