जन्मदै टाउको जोडिएका पाकिस्तानी जुम्ल्याहा एक वर्ष पछि छुट्टिए

एजेन्सी । बेलायतका प्रख्यात न्युरो सर्जनको नेतृत्वको टोलीले टर्कीमा एक टाउको जोडिएका पाकिस्तानी जुम्ल्याहा सन्तानलाई सफलतापूर्वक छुट्याइदिएका छन् ।

एक वर्ष उमेरका मिलन र मिर्हाको चुनौतीपूर्ण शल्यक्रिया गत १९ जुलाईमा दुई चरणमा सम्पन्न भएको थियो । जसलाई पुरा गर्न १४ घण्टा लागेको चिकित्सकहरुले बताएका छन् ।

शल्यक्रिया टर्कीको राजधानी अंकारास्थित बिल्केन्ट सिटी अस्प्तालमा भएको हो । बेलायतको ग्रेट ओरमन्ड स्ट्रीट अस्पतालका न्युरो सर्जन प्रा नूर उल ओवासे लिजानीले उक्त शल्यक्रियाको नेतृत्व लिएका थिए ।

शल्यक्रिया पछि अहिले जुम्ल्याहाहरु निको हुने क्रममा छन् । दुबै जना यसै महिना घर फर्कने योजनामा रहेको र त्यसबेलासम्म पूर्ण रुपमा निको हुने अपेक्षा गरिएको छ ।

दुर्लभ मानिने समस्या लिएर जन्मिएका ति शिशुहरुको थुप्रै महत्वपूर्ण नशाहरु साझा थिए । गत अक्टोबरमा जुम्ल्याहाहरु केही साताको मात्रै हुँदा यो केश जेमिने अनट्वाईनेडलाई रिफर गरिएको थियो । प्राडा जिलानीले स्थापना गरेको परोपकारी संस्था हो जसले यस्ता दुर्लभ केशहरुमा काम गरी जीवन बचाउन सहयोग गर्दछ ।

उनले आफ्नो संस्थाले यस्तो दुर्लभ आठौँ केश सफलताको साथ सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरे ।

जेमिनीका अनुसार प्रत्येक ६० हजार जन्ममा एक जुम्ल्याहा जन्मिन्छन् । त्यसमा करीव ५ प्रतिशत टाउको जोडिएको केशहरु हुने गर्दछ । शिर जोडिएका शिशुहरुलाई अलग गर्न सकिएन भने मृत्यु हुने सम्भावना अधिक हुने गर्दछ ।

टाउको जोडिएको करीब ४० प्रतिशत जुम्ल्याहाको जन्मने क्रममा नै मृत्यु हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *