वर्षेनी १ करोड थपिन्छन् डिमेन्सियाका बिरामी

काठमाडौँ, ४ असोज । अल्जाइमर ज्येष्ठ नागरिकमा हुने अशक्तताको मुख्य कारण बन्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर ५५ मिलियन अर्थात् पाँच करोड ५० लाख मानिस अल्जाइमर लिएर बाँचिरहेका छन् भने प्रत्येक वर्ष यो संख्या एक करोडका दरले बढ्दै गएको छ ।

अल्जाइमर ज्येष्ठ नागरिकको मृत्युको कारणमध्ये सातौँ कारकमा पर्दछ । अल्जाइमर मानिसको मष्तिस्कमा भएको स्नायु नसा सुक्दै गएर हुने रोग हो । नेपालमा यो रोग भएका ६० देखि ७० प्रतिशत बिरामीलाई डिमेन्सिया हुने गरेको छ ।

अल्जाइमर भएका बिरामीमा व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिमा परिवर्तन हुने गरेको चिकित्सकहरु बताउँछन् ।

अल्जाइमरको कारणमध्ये ७० प्रतिशत वंशाणुगत हुने गर्छ भने डिप्रेसन, हाइपर टेन्सन, टाउकोमा गहिरो चोट लाग्ने लगायतका कारणले पनि यो समस्या देखिने गरेको छ ।

अल्जाइमर भएका बिरामीको मनोभाव बुझी उनीहरुलाई सम्मननपूर्वक व्यवहार गर्न, उनीहरुसँग वादविवाद नगर्न, तथा एक्लै नछोड्न चिकित्सकहरुले सुझाव दिने गरेका छन् । यस्तै, बिरामीप्रति लचिलो, सहनशील र नम्र व्यवहारमा प्रस्तुत हुन पनि सुझाव छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *