माग पुरा गर्न एक साताको ‘अल्टिमेटम’ दिएर काममा फर्कदै पश्चिम बंगालका जुनियर डाक्टर

कोलकत्ता । पश्चिम बंगालका जुनियर डाक्टरहरुले गत १० सेप्टेम्बर देखि कोलकत्ताको साल्टलेकस्थित स्वास्थ्य भवनबाहिर सुरु गरेको धर्ना स्थगित गर्ने भएका छन् । उनीहरु (शनिबार)ले भोली देखि नियमित काममा फर्किने बताएका छन् ।

धर्ना स्थगित गर्नु अघि आज स्वास्थ्य भवनबाट सीओजी कम्प्लेक्सस्थित सीबीआई कार्यालयसम्म मार्चपास गर्ने छन् ।

त्यहाँको आरजी कर मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत एक जना महिला डाक्टरको गत ९ अगस्टमा बलात्कार पछि हत्या भएपछि डाक्टरहरु पछिल्लो ४१ दिन देखि आन्दोलनमा छन् ।

डाक्टरहरुले आफ्नो आन्दोलन आंशिक रुपमा जारी रहने बताएका छन् । तर उनीहरुले इमरजेन्सी तथा जरुरी सेवा भने दिने बताएका छन् । यस्तै बाढीप्रभावित क्षेत्रमा मेडिकल क्याम्प समेत लैजाने छन् । तर ओपिडी लगायतका काममा भने सहभागी नहुने बताएका छन् ।

न्यायको पक्षमा सुरु गरेको आफ्नो लडाईँ निरन्तर जारी रहेको भन्दै जुनियर चिकित्सकहरुले पश्चिम बंगाल सरकारलाई माग पुरा गर्न एक साताको समयसिमा तोकेका छन् । उनीहरुले तोकिएको अवधी भित्र माग पुरा नभए पुन कडा आन्दोलनमा फर्किने चेतावनी दिएका छन् ।

आन्दोलनरत एक जना जुनियर डाक्टरले भने, ‘पश्चिम बंगालमा बाढी आएको र सरकारले समेत केही माग पुरा गरेको कारणले आफूहरु आंशिक रुपमा सेवा दिनका लागि सहमत भएका हौँ ।  हाम्रो माग बमोजिम कोलकत्ता पुलिस कमिस्नर, चिकित्सा शिक्षा निर्देशक र स्वासथ्य सेवा निर्देशकलाई हटाइएको छ । तर यत्तिकैमा हामीले आन्दोलन स्थगित गर्ने भन्ने हुँदैन ।’

उनले पश्चिम बंगालका स्वास्थ्य सचिव एनएस निगमलाई हटाउनु पर्ने, अस्पतालमा थ्रेट कल्चर अन्त्य गर्ने आफूहरुको माग यथावत रहेको स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *