प्रशासन तर्फका कर्मचारीको सरुवा:

स्वास्थ्यमा तीन जना उपसचिव भित्रिए, पाँच जना बाहिरिए

काठमाडौँ, ३ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौको ३१ गरेको गरेको ठूलो संख्याको कर्मचारी सरुवामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन जना उपसचिव भित्रिएका छन् भने पाँच जना मन्त्रालयबाट बाहिरिएका छन् ।

सामान्यले बुधबार राती सार्वजनिक गरेको सूची अनुसार स्वास्थ्यमा दरबन्दी राखी उपसचिव भक्तराज जोशी खानेपानी मन्त्रालय गएका छन् । यस्तै राजेश पन्थी शहरी विकास मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेका छन् ।

अर्का उपसचिव सुरेशराज जोशी पनि गृह मन्त्रालय पुगेका छन् । यता स्वास्थ्य बीमा बोर्डमा कामकाजमा रहेका उपसचिव बाबुराम खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै सचिनसिंह चौधरीलाई पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

उता स्वास्थ्यमा नयाँ उपसचिवको रुपमा हरि पंगेनी भित्रिएका छन् । उनी गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालयबाट स्वास्थ्यमा आएका हुन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ईश्वरीप्रसाद ढकाल पनि स्वास्थ्यमा आएका छन् ।

यता स्वास्थ्यबाट भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा केही साता अघि सरुवा भएका कपिल तिमल्सेना पुन: सरुवा लिएर स्वास्थ्यमै भित्रिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *