मन्त्रिपरिषद् बैठकको निर्णय:

भक्तपुर क्यान्सर अस्पताल गठन आदेश स्वीकृत

रोकिएको कर्मचारी तथा स्वास्थ्यकर्मीको बृत्तिविकासका कार्यक्रम अघि बढ्ने बाटो खुल्यो

काठमाडौँ, ३ असोज । सरकारले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्पित्ररिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेपछि विकास समितिमा रुपान्तरण भएको हो ।

नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाईमा स्थापना गरेको सो अस्पताल लामो समय संस्थाकै अन्तर्गत रहेर सञ्चालन भएको थियो ।

अढाई वर्ष अघि मात्रै सो अस्पताललाई सरकारले संस्थाबाट छुटाएर आफ्नो मातहतमा ल्याएको थियो । तर गठन आदेश नहुँदा अस्पतालका तीन सय बढी कर्मचारीहरु वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयले अब अस्पतालका सबै कर्मचारीहरु विकास समिति अन्तर्गत रहने भएका छन् । मन्त्रिपरिष्द बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *