सरकारले सार्वजनिक गर्‍यो साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता, स्वास्थ्यको विषय के पर्‍यो ?

काठमाडौँ, असोज ३ गते । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । गत १७ असारमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमतिमा अनुसार ८ बुँदे साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता आएको हो ।

साझा सङ्कल्पमा स्वास्थ्य विषयलाई पनि उल्लेख गरिएको छ । जसमा भनिएको छ, ‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउन स्वास्थ्य बीमाको बिस्तार, पूर्वाधार र जनशक्ति निर्माण र स्वास्थ्य चेतनाको श्रृङ्खला निर्माण गरेर निरोगी नेपालको अवधारणालाई सार्थक तुल्याइने छ ।’

यस्तै सरकार गठनका बेला दुई प्रमुखदलबीच भएको नीतिगत प्रतिवद्धता अनुसार राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने लगायतका विषय उल्लेख छ ।

हेर्नुहोस; 

साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *