त्रिवि आईओएमको डीन बन्न १३ जना प्राध्यापकको आवेदन (सूची सहित)

काठमाडौँ, १ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन पदका लागि नाम सिफारिस समिति समक्ष १३ जनाले आवेदन दिएका छन् । त्यसरी आवेदन दिनेहरुमा बहालवाला डीन, सहायक डीन देखि अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म  रहेका छन् ।

नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार डीन पदका लागि आवेदन दिनेहरुमा प्राडा अभिमन्यु झा, प्राडा मोहनराज शर्मा, प्राडा निरजु रञ्जित, प्राडा रामचन्द्र अधिकारी र प्राडा रमेशसिंह भण्डारी रहेका छन् ।

यस्तै प्राडा दिनेश काफ्ले, प्राडा उत्तमकृष्ण श्रेष्ठ, प्राडा मिथा राना र सहप्राडा ज्योतिबाबा श्रेष्ठले पनि डीन बन्नका लागि आवेदन दिएका छन् ।

यसैगरी प्राडा संगरत्न बज्राचार्य, प्राडा रत्नमणी गजुरेल, प्राडा दिव्यासिंह शाह र प्राडा सुधा बस्नेतले पनि डीन पदका लागि आवेदन दिएका छन् ।

त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्तीका लागि नम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका छन् ।

समितिले गत १८ भदौमा सात दिनको अवधी तोकेर डीन पदका लागि इच्छुकहरुलाई आवेदन भर्न सूचना जारी गरेको थियो तर सो अवधी पुन थपिएको थियो । ‘गत आइतबार थपिएको अवधी सकियो । सो अवधीसम्म १३ जनाको आवेदन परेको छ,’ स्रोतले भन्यो ।

त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो । तर उनलाई अर्को डीन नियुक्ती भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गर्न भनिएको छ ।

त्रिवि आईओएमको डीनका लागि नाम सिफारिस गर्न प्राडा वलीको संयोजकत्वमा समिति गठन, ईच्छुकले सात दिन भित्र आवेदन गर्नु पर्ने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *